कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु, कुल संख्या ३ सय १५ पुग्यो !

पुस १९, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको छ । र योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल नेपालीको संख्या ३ सय १५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply