एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट खेल : नेपालले आज म्यानमारसँग खेल्ने

असोज ५, काठमाडौं । एएफसी यु –१६ महिला च्याम्पियनसिप छनोट फुटबलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र म्यानमारबीचको खेल काठमाडौंको हलचोक मैदानमा अपरान्ह सवा ३ बजेदेखि हुने छ । आजै पहिलो खेलमा फिलिपिन्स मलेसिया आमने सामने हुनेछन् ।

पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–०ले पराजित भएकाले आजको खेल जित्नै पर्ने दबाबमा रहने छ । म्यानमारले पहिलो खेलमा मलेसियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह इ का खेलमा भइरहेको हो ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

संम्बन्धित समचार

Leave a Reply