नेप्सेमा व्यापार समूहबाहेक अरु सबै समूहको परिसूचक घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । कारोबार भएकामा धेरै जसो कम्पनीको शेयरको मूल्य घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेर १३ सय बिन्दुमा पुगेको छ ।

गएको बिहीबार १० अंकले घटेको नेप्से आज भने १७ दशमलव ८१ अंकले घटेको हो । वैशाख ९ गते १४ सय ३८ अंकमा रहेको नेप्से एक महिनाको अवधिमा घटेर १३ सय बिन्दुमा पुगेको हो ।

कारोबार भएकामा व्यापार समूहबाहेक अरु सबै समूहको परिसूचक घटेका कारण नेप्से आज घटेको हो । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ ।
बिहीबार ३८ करोडको शेयर किनेबेच भएकोमा आज भने डेढ करोड बढीको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस