दिपकराज जोशीलाई महाअभियोग लगाउने नेकपाको तयारी, हस्ताक्षर संकलन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ५, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि राजीनामा दिने अपेक्षा गरे पनि जोशी फेरि सर्वोच्चमै फर्किएपछि महाअभियोग लगाउने तयारी थालिएको नेकपाका नेताहरुले बताएका छन् ।

नेकपाका मुख्य सचेतक देव गुरुङ्गले जोशीलाई महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन भइरहेको जानकारी दिए। राजीनामा आउला भनेर पर्खिएपनि अहिलेसम्म राजीनामा नआएको, बरु जोशी सर्वोच्चमै फर्किएकाले अब महाअभियोगको विकल्प नभएकाले कुनैपनि बेला महाअभियोग दर्ता गर्ने गरि तयारी भइरहेको बताए।

केही दिनअघि सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राजीनामा दिएर सहज निकास निकाल्न गरेको आग्रह पनि अटेरी गर्दै जोशी सर्वोच्च फर्किएपछि नेकपा रुष्ट बनेको हो ।

प्रधानन्यायाधीशमा अयोग्य रहेको सुनुवाई समितिको निर्णयपछि ३७ दिन बिदामा बसेका जोशी अर्का प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहाली गर्ने दिन सर्वोच्च फर्किनुभएको थियो । त्यसयता उनी नियमित काममा फर्किएका हुन् ।

प्रधानन्यायाधीशका लागि संसदीय समितिले अयोग्य ठहर गरे पनि सर्वोच्चमा जोशी नै बरिष्ठतम न्यायाधीशका रुपमा रहेका छन्। एक चौथाई सांसदले महाअभियोग दर्ता गर्न पाउने र दुई तिहाई बहुमतले महाअभियोग पारित गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस