स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७७ पौष २०, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २०, काठमाण्डौ । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो ।

पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस