ललितपुरका बधशालामा बिहानै अनुगमन, चारवटामा शिलबन्दी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ५, ललितपुर । कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले शुक्रबार बिहानै ललितपुर क्षेत्रका पाँचवटा बधशालाको स्थलगत अनुगमन गरेको छ ।

अनुगमन गर्दा न्युनतम मापदण्ड पूरा नगर्ने चारवटा बधशालामा शिलबन्दी गरिएको छ । एउटालाई सचेत गराइएको अनुगमन टोलीले जनाकारी दिएको छ ।

आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका बधशालामा सिल गरिएको हो । यस्तै लक्ष्मी मिट सपलाई सचेत गराइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस