नेपालमा कोरोना संक्रमित घटे, ९५२ आईसीयू र ४३८ भेन्टिलेटर खाली

Post Thumbnail

पुस २२, काठमाडौ । आईसीयू र भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समयमै उपचार नपाएको समाचार केही महिनाअघिसम्म आइरहन्थे । कोरोना संक्रमणको दरमा कमी आएसँगै सातवटानै प्रदेशमा रहेको अस्पतालहरुमा आईसीयू तथा भेन्टिलेटर कक्षहरुमा चाप कम हुन थालेको छ । २०७७ साउनमा मात्रै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सुजित बस्नेत साउनमा गाउँको भाइलाई कोभिड भएपछि बेड नपाएर पावर लगाउने अवस्था आएको सम्झम्छन् ।

जाडो महिनामा कोभिडका बिरामी बढ्न सक्ने भन्दै सरकारी संयन्त्रबाट निजी तथा सरकारी अस्पतालहरुमा आइसोलेशन बेड, होम तथा होटल क्वारेन्टाइन, जनरल बेड, आईसीयू र भेन्टिलेटर तयारी अवस्थामा राखेको थियो । सरकारले सोचेको भन्दा संक्रमणको दरमा कमी आएसँगै सरकारले कोभिड अस्पतालको रुपमा सञ्चालन गरेका निजी अस्पतालबाट सेवा हटाएर सरकारी अस्पतालमा मात्रै सेवा सीमित गरेको छ ।

सरकारले कोभिडका लागि मात्रै भनेर ७९ वटा अस्पताललाई तोकेको थियो । जसमा सरकारी अस्पताल ५२ वटा र निजी अस्पताल २७ वटा रहेकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै कोभिडको उपचार हुने यसअघि नै सरकारले निर्णय गरेको छ ।

अहिले देशभरि एक हजार १४९ वटा आईसीयू रहेकोमा १९७ जना कोराना संक्रमितको आईसीयूमा उपचार भैरहेको छ । पुस १९ गते साँझसम्ममा देशभरमा ९५२ वटा आईसीयू बेड खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारी बताउछन् । संक्रमणको दर घटेसँगै आइसोलेशन, क्वारेन्टाइनमा बस्नेहरुको संख्या कमी आए पनि कोरोनाको जोखिम भने नघटेकाले सावधानी अपनाउन भने अझै आवश्यक रहेको अधिकारीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस