सेञ्चुरी बैंकका एकैसाथ ७ वटा नयाँ शाखा उद्घाटन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष २२, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २२, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ७ वटा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले पौस २१ गते ती शाखाको भर्चुअल उद्घाटन गरेको हो । बाँकेको कोहलपुरस्थित शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले गरे ।

मुस्ताङको लेते शाखाको बैंक सञ्चालक समितिका सदस्य डा. गीता प्रधान, ललितपुरको बालकुमारी शाखाको बैंक सञ्चालक समितिका सदस्य राजेशराज दली, काठमाडौं कपन शाखाको बैंक सञ्चालक समितिका सदस्य अभिषेक वज्राचार्यबाट उद्घाटन गरिएको थियो ।

त्यस्तै, काठमाडौंको नरेफाँट शाखा बैंक सञ्चालक समितिका सदस्य महेशकुमार अग्रवाल, भक्तपुरको सुकुलढोका शाखा बैंक सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपाने र काठमाडौंको टोखा शाखा उद्घाटन बैंक सञ्चालक समितिका सदस्य उमाकुमारी श्रेष्ठले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस