धादिङ धुनिवेशीका दुई स्वास्थ्य चौकीमा एम्बुलेन्स : बिरामी स्ट्रेचरमा बोक्नुपर्ने बाध्यताको अन्त्य !

पुस २२, खानीखोला । धादिङ धुनिवेशी नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । धुनिवेशी नगरपालिका अन्तर्गत नौविसे स्वास्थ्य चौकी र छत्रेदेउराली स्वास्थ्य चौकीमा रही सेवा प्रदान गर्ने उदेश्यले २ थान एम्वुलेन्स खरिद गरिएको नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए । बिकट क्षेत्र, बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यतालाई हटाउँदै धुनिबेशी नगरका बासिन्दालाई सहजता प्रदान गर्न एम्बुलेन्स खरिद गरिएको हो । अब बिरामीलाई बोक्न मान्छे खोज्नुपर्ने, सुत्केरी महिलालाई छिट्टै अस्पताल लैजान पनि खरिद गरिएका एम्बुलेन्स प्रभावकारी हुने उप प्रमुख निरु खरेलले बताईन् ।

संम्बन्धित समचार

Leave a Reply