धुनिवेशी नगरको बिकास तिब्र : बडारेचौर-ठुलिबेशी-कोलाचौर-जिबनपुर सडक कालोपत्रे सम्पन्न !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ पौष २२, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २२, धुनिवेशी । धादिङ धुनिवेशी नगरपालिकाले बिकास निर्माणको कामलाई तिब्रता दिएको छ । सडक कालोपत्रे देखि खानेपानी तथा मानव जिवनका आधारभुत कुरालाई जोड दिँदै बिकासका काम गरिरहेको छ । अहिले नगरपालिकाले सडक निर्माण तथा ग्रावेल, पिचको काम धमाधम गरिरहेको छ ।

यसैक्रममा धुनिबेशी नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गत रहेको बडारेचौर ठुलिबेशी कोलाचौर जिबनपुर सडकमा कालोपत्रे पिचको काम सम्पन्न भएको छ । यो सडक निर्माणसँगै अब अन्य सडकलाई पनि पिच गर्ने काम सुरु गरिने नगर प्रमुख बालकृष्ण आचार्यले बताए । नगरपालिकाले बनाएका योजनाहरु बिस्तारै पुुरा गर्दै जाने उनको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस