ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई पदबाट हटाउन सिफारिस !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २३, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २३, काठमाडौ । नेकपा प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ । बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए ।

बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस