आज बस्दैछ राष्ट्रियसभाको बैठक, कार्यसूचीहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २३, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २३, काठमाण्डौ । प्रतिनिधिसभा विघटनपछि सञ्चालन भएको राष्ट्रियसभा हिउँदे अधिवेशनको दोस्रो बैठक बिहीबार बस्दै छ । संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । बैठकमा नियमित कार्यसूचीसँगै प्रतिनिधिसभा विघटनको विषयमा राष्ट्रियसभा सदस्यले धारणा राख्नेछन् ।

अघिल्लो बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरेका थिए । उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभा एकल रुपमा सञ्चालन भएको हो ।

फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस