नेकपा उपाध्यक्ष गौतम भन्छन्-‘प्रधानमन्त्रीबाट राजीनामा दिएको भए पार्टी एकता कायमै रहन्थ्यो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २३, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २३, काठमाडौ । राष्ट्रिय सभा सदस्य एवं नेकपा उपाध्यक्ष वामदेव गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने उनको तर्क छ ।

राष्ट्रिय सभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली प्रनिनिधिसभा विघटन गर्दा आफूलाई कुनै जानकारी नदिएको पनि गुनासो गरे । उनले अविश्वास प्रस्ताव दर्ता गराउने पक्षले पनि आफूलाई जानकारी नदिएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस