धुनिवेशी नगरद्धारा आमा-बुबाबिहिन १५ जना बालबालिकालाई आर्थिक सहयोग !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७७ पौष २४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २४, धुनिवेशी । धादिङको धुनिवेशी नगरपालिकाले अनाथ बालबालिकाहरुको लागी बिबिध कामहरु गर्दै आईरहेको छ । बृद्ध, अशक्तहरुको लागी आश्रम बनाईरहेको नगरपालिकाले बालबालिकाको लागी पनि बिभिन्न सहयोगहरु गर्दै आईरहेको छ । धुनिबेशी नगरपालिकाले बिहिवार आमाबाबु बिहिन अनाथ १५ जना बालबालिकाहरुलार्इ आर्थिक सहयोग प्रदान गरेको छ ।

बाग्मती प्रदेश सरकारबाट प्राप्त रकम प्रति ब्यक्ति ६ हजार ४ सयको दरले वितरण गरिएको नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए । आमा, बुवा नभएका बालबालिकाहरुको शैक्षिक क्षेत्र सुधारका लागी यो सहयोग निकै प्रभावकारी हुने बताईएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस