प्रधानमन्त्री ओली आज धनगढी जाँदै, नेकपाको जनसभालाई सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढी जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ । कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिए । जनसभाका लागि विभिन्न समिति गठन गरिएको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस