८ ओटा नयाँ बीमा कम्पनीले ५ करोड ५ लाख ५० हजार कित्ता आईपीओ ल्याउँदै !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष २४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २४, काठमाण्डौ ।  ८ ओटा नयाँ जीवन बीमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्पनी ऐन अन्तर्गत दर्ता भई बीमा सेवा दिदैं आएका ८ ओटा नयाँ कम्पनीले ५ करोड ५ लाख ५० हजार कित्ता बराबरको आईपीओ ल्याउने तयारीमा रहेका हुन् ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउनु पर्ने भएकाले पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

८ ओटा कम्पनीहरुमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले मंसिर १९ गते बोर्डमा आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो ।

बोर्डको स्वीकृति पाएपछि कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्ने भएको छ ।

त्यसैगरी, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि रेटिङ सम्पन्न गरेको छ । कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको हो ।कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आर ट्रिपल बि रेटिङ दिएको हो । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको देखाउँछ । साथै, वित्तीय दायित्व बहन गर्ने क्षमता औषत मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीले ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ र सन नेपाल लाइफले पनि आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएका छन् । यी कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

बोर्डमा निवेदन दिन बाँकी सात ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन्  ।

ताजा अपडेट

खोजी गर्नुहोस