शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष २५, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस