आज सफला एकादशी व्रत

पुस २५, काठमाडौं । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ ।

पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेको छ । सफला एकादशीको दिन भगवान विष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने रात्रीमा जाग्राम बसिन्छ । सफला एकादशीका दिन गुरु तथा ब्राम्हणहरुलाई दियो दान गर्नु राम्रो मानिन्छ । अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ ।

आजको दिन बिहानै स्नान गरि शुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन ।

 

 

संम्बन्धित समचार

Leave a Reply