कोरोना खोप पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीहरु

Post Thumbnail

पुस २५, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउनासाथ सबैभन्दा पहिला कोभिड संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउने गरी स्वास्थ्यकर्मीको विवरण तयार पार्न थालिएको छ । स्वास्थ्य सेवा विभागले कोरोना संक्रमण नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको विवरण पठाउन मातहतका निकायलाई पत्राचार गरेको छ ।

विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० पुसमा भएको निर्णयअनुसार सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयलाई विवरण पठाउन भनेको हो । कोरोना रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताललगायत सबै तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो विवरण पठाउन भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस