एसिया कप क्रिकेट : सुपर ४ मा भारतको विजयी सुरुआत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन ६, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । एसिया कप क्रिकेट अन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो ।

भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । रोहितले शिखर धवनसँग मिलेर सुरुआती विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । धवनले ४७ बल खेल्दै ४ चौका र १ छक्कासहित ४० रन बनाए । अम्बाटि रायुडूले १३ रन जोडे । महेन्द्रसिंह धोनीले ३ चौका प्रहार गर्दै २७ बलमा ३३ रनको योगदान दिए । बंगलादेशका लागि मसरफे मोर्ताजा, शकिब अल हसन र रुबेल हुसेनले १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० औं ओभरमा अलआउट हुनुअघि १ सय ७३ रन जोदेकोट थियो । ओपनरद्वय लिटन दास र नज्मुल हुसेन सान्टो ७-७ रनमा आउट भएका थिए । शकिब अल हसन १७ र मुश्फिकर रहिम २१ रन जोड्दै पेभेलियन फर्केपछि टोली समस्यामा पर्यो । मोहमद मिथुनले पनि ९ रनमात्र जोडे । महामुदुल्लाह र मोसदेक हुसेनले पारी सम्हाल्ने कोसिस गरेपनि लगातार ओभरमा दुवै विकेट गएपछि बंगलादेश १०१-७ को दयनीय स्थितिमा पुगेको थियो । महामुदुल्लाहले २५ तथा मोसदेकले १२ रनको योगदान दिए ।

कप्तान मोर्ताजा र मेहदी हसनले आठौँ विकेटका लागि ६६ रनको साझेदारी गरेपछि बंगलादेशले सम्मानजनक योगफल खडा गरेको थियो । मोर्ताजाले ३२ बलमा २ छक्का प्रहार गर्दै २६ रन जोडे । मेहदीले ४० बलको सामना गर्दै ४२ रन बनाउने क्रममा समान २-२ चौका र छक्का हाने । भारतका लागि स्पिनर रविन्द्र जडेजाले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ विकेट लिने क्रममा २९ रनमात्र खर्चे । खेलको म्यान अफ द म्याच उनी नै भए ।

ताजा अपडेट

खोजी गर्नुहोस