इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन,समुन्द्रमा खसेको आशंका !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २६, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाण्डौ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो ।
जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस