दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष २६, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २६, चितवन । दानाको कच्चा पदार्थमा विदेशको भर पर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउछन् । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ ।

मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनुपरेको उनले जानकारी दिए । पुरीले भने “गतवर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले रु ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस