विज्ञापन गर्दा उपभोग्य वस्तुको गुणस्तरको हेक्का राख्न मन्त्री गुरुङको आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २६, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिएका छन् । नेपाल विज्ञापन सङ्घ आन को यहाँ आयोजित २१औँ वार्षिक साधारणसभामा उनले भोकसँगै गुणस्तरहीन सामग्रीको प्रयोगबाट हुनसक्ने रोगव्याधीको खतरालाई मध्यनजर गर्दै दूरदराजमा गुणस्तरीय सामग्री पुयाउनेतर्फ हाम्रा विज्ञापन र सूचना परिलक्षित हुनुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले भने “सरकार, निजी क्षेत्र र नागरिक समाज जवाफदेही र जिम्मेवार भएमा मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल हुनसक्छ, कमजोरीलाई मात्र उछाल्ने होइन, सकारात्मक सन्देश प्रवाह गर्ने र गौरव बढाउने खालका कार्यक्रमलाई विज्ञापन र सूचनामा प्राथमिकता दिए मुलुकको गौरव बढ्छ ।”

बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपरेको बताउँदै एक प्रसङ्गमा उनले भने , “लोकतन्त्रको प्राणका रूपमा रहेको निर्वाचनमार्फत नयाँ निकास दिएर समृद्धिका लागि अघि बढ्ने प्रयास भइरहेको छ ।”

 

ताजा अपडेट

खोजी गर्नुहोस