थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २७, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २७,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस