डाक्टर संवादमा डा.मधु पाण्डेय : संघर्ष,अध्ययन र बिरामी उपचारका स्मरण

डा. मधु पाण्डेय                                         

अनलाईनकेन्द्रको डाक्टर संवादमा आज हामीले नर्भिक अस्पतालमा कार्यरत हर्मोन रोग विशेषज्ञ डा मधु पाण्डेयसंग कुराकानी गरेका छौँ । उनै पाण्डेयसंग गरिएको कुराकानीको सार संक्षेपः–

संघर्ष

महोत्तरीको जलेश्वरमा जन्मिएकी डा पाण्डेय आफ्ना बुवाको जागिर सरुवासंगै हेटौडामा हुर्किन् । उनको बालपन हेटौडामै बित्यो । उनले त्यहाँ कक्षा १० सम्म अध्ययन गरिन् । बालपन,त्यसमाथी शिक्षित परिवारमा भएकै कारणले पाण्डेय खासै बाहिर हिँडडुल नगर्ने, पढाईमा ध्यान दिने दैनिकी हुने गथ्र्यो । उनको दैनिकी बिहान स्कुल जाने बेलुकी घर आउनेमै सिमित हुन्थ्यो । उनि भन्छिन्–’एसएलसीपछि बल्ल बाहिरी संसारको बारेमा अलिअलि जान्ने अवसर पाइयो ।’ उनि घरबाहिर सबैभन्दा पहिला टाढाको स्थान पोखरा घुम्न गएको स्मरण गर्छिन् । उनी भाइबहिनीसंगै रमाउने,उनिहरुको ख्याल राख्ने गर्थिन् । एसएलसीपछि प्लस टु को अध्ययन गर्न उनि दिल्लीस्थित सेन्ट्रल स्कुलमा भर्ना हुन गईन् । त्यसपछि उनको पढाईको यात्रा एमबिबिएसको तयारीको लागी नेममा भर्ना भइन् । दुर्भाग्य उनको त्यहीबेला हात फ्याक्चर हुन पुग्यो । उनले घरबाटै फर्म भदै,अध्ययन गर्दै,परिक्षा दिँदै गरिन् । केयु,धरान,टियुको परिक्षासमेत उनले घरबाटै दिन पर्यो । केयुमा उनले परिक्षामा सफलता पाइन् । तर त्यसबेला उनको परिवारले पर्याप्त मात्रामा पैशा खर्च गरेर पढाउन सक्ने अवस्था थिएन् । त्यतिबेलाको १२/१५ लाख पाण्डेय परिवारको लागि ठुलो थियो । त्यती पैशा खर्च गरेर अध्ययन गर्न गार्हो भएपछि केयुमा उनको पढाई अगाडी जान सकेन् । त्यसपछि उनको परिवारले उनलाई थप अध्ययनको लागी बंगलादेश पठाउने निधो गरे । उनले पनि बंगलादेशमा अध्ययनको लागी जाने निधो गरिन् । संघर्षको अर्को नाम हो मधु पाण्डेय । बंगलादेशमा अध्ययन गरेर सफल डाक्टर बन्ने उनको सपनामा धक्का लाग्यो । उनि बंगलादेश त गइन् तर न त्यहाँ उनको अध्ययन सुरु भयो । न त बसाई नै राम्रो भयो । उनि ठगिइन् । उनको कलेजमा भर्ना पनि भएन् । ६ महिना उनले बंगलादेशमा पढ्छु भन्ने चक्करमै समय व्यतित गर्न पर्यो । अन्तत उनि नेपाल फर्किइन् । नेपाल आएपछि पनि भर्ना हुने आशमा उनले केही समय गुजारिन् । न त भर्ना नै हुन पाइन् । न त उनले पैसा नै फिर्ता पाइन् ।

चीनमा चिकित्सा अध्ययन

बंगलादेशबाट फर्किएपछि उनी एक हिसाबले निराश भएकी थिइन् । त्यतीबेला उनका भाइबहिनी काठमाडौँमा प्लस टु को अध्ययन गरिरहेका थिए । उनि केही समय भाइबहिनीसंगै काठमाडौँमा रहिन् । मधुको डाक्टर बन्ने सपना विपनामा परिणत हुन अझै केही समय लाग्यो । त्यो सार्थकताको लागी मधुको हजुरबाले उनका बुवालाई सुझाउदै भने–’मधुलाई अध्ययन गर्न चीन पठाउन त ।’ त्यसपछि उनको बुवाले मधुलाई सोधे–’तिमी चीनमा पढ्न जान्छौँ त ?’ तर उनको दिमाखमा एउटा छाप थियो । चीनमा चिकित्सा अध्ययन राम्रो छैन् । चीनका डाक्टर राम्रा हुन्नन् । उनले हास्दै भनिन्–’नेपालमा एउटा भनाइ छ नी चिनको सामान आज छ भोली छैन चीनमा जे पनि कमसल हुन्छ ।’ त्यो सोचले उनि अली हच्किइन । तर उनको पढने भुतले उनलाई छोडेन् । केही नगर्नु भन्दा त जहाँ भएपनि पढ्न त पर्छ भन्ने उनको सोचले पाइला अघि बढाउने निर्णय लियो । उनको बच्चादेखिको डाक्टर बन्ने सपनाले पनि उनलाई चीन पढ्न जानुपर्छ भन्ने लाग्यो । उनको बुवा पनि एचए( स्वास्थ्य सहायक) भएकोले छोरीलाई डाक्टर बनाउने उनको पनि सपना थियो । छोरीलाई डाक्टर बनाउन पाए सफल हुन्छु भन्ने बुवाको सपना थियो । बुवाको त्यसबेला हेटौडामा फार्मेसी चलिरहेको थियो । फार्मेसीमा डाक्टरहरुको ओहोरदोहोर भइरहन्थ्यो । डाक्टरसंगको घुलमिलले वुवालाई छोरीलाई जसरी पनि डाक्टर बनाउन पर्छ भन्ने भयो । मधुको आमालाई पनि छोरीलाई सफल डाक्टर बनाउन पाए हुन्थ्यो भन्ने थियो । त्यसपछि उनले अध्ययनको लागी चीन जाने निधो गरिन् । बंगलादेशमा ८ लाख रुपैया फसेर नेपाल फर्केपछि मधु एक किसिमले डिप्रेसनमै जाने अवस्थामा पुगेकी थिइन् । परिवारमा त्यसबेला ८ लाख रुपैया सानो रकम थिइन् । उनमा कसैसंग बोल्न मन नलाग्ने,कतै जान मन नलाग्ने, पढ्न पनि मन नलाग्ने अवस्थामा पुगेकी थिइन् ।

उनी चीन अध्ययनमा गइन् । जान त गइन् तर चीनमा भाषाको समस्या उत्तिकै थियो । भाषाकै कारण धेरै गाह्रो भएको बताउछिन मधु । तर उनले चीनको पढाईलाई जे सोचेकी थिइन् । बिलकुल फरक पाइन् । पढाई उनले सोचेको भन्दा धेरै राम्रो थियो । एमबिबिएसमा कसरी पढ्ने, के पढ्ने? र कसरी सफल डाक्टर बन्ने? यी कुराहरुको प्राक्टिकल्ली अध्ययनले मधुको चीनको पढाईप्रतिका सबैे भ्रम अन्त्य भयो । चीनमा उनले सहयोगी र आत्मिय साथीहरु पाइन् । त्यसपछि उनको एमबिबिएसको अध्ययन पुरा भयो । लगतै चीनमा चाइन मेडिकल काउन्सिलको स्कलरसिप प्रोग्राम निस्कियो । २००८ मा उनले सो प्रोग्राममा सहभागी भइन् । उनको रेडियोलोजीस्टमा रुची थियो । तर भाषामा समस्या भएकै कारणले रेडियोलोजिस्टमा सकिनन् । त्यसपछि उनले चीनकै एक प्रोफेसर च्याङच्याङको सुझाव र साथले इन्डोक्राइनमा मौका पाइन् । च्याङच्याङको लागी पनि खुसीको कुरा थियो । किनकी उनको पहिलो विदेशी विद्यार्थी मधु थिइन् । उनिपनि धेरै खुसी थिए । उनको त्यहाँ ३ बर्ष बित्यो । त्यसपछि उनि नेपाल आइन् । नेपाल आएर उनले विर अस्पताल,कान्ती र प्रसुती गृहमा इन्टर्नसिप गरिन् । त्यसबेला बुवाको डा.ज्योती भट्टराईसंग राम्रो चिनजान थियो । इन्टर्नसिपको समयमा कुनै तलव हुदैन्थ्यो । इन्टर्नसिपपछि डा.ज्योतीले अव आफैले केही गर्नपर्छ ,काम गर्नुपर्छ भन्ने सुझाव दिनुभयो ।

सफलतामा परिवारको साथ

उनलाई यत्तिको साथ र सहयोग परिवारको थियो । परिवारको साथबिना उनको पाइला अघि बढ्न सक्दैन्थ्यो । अहिले उनि पुर्णरुपमा बिरामीको उपचारमा सक्रिय छिन् । उनलाई बिरामी निको भएर जाँदा एकदमै खुसी लाग्छ । डाक्टर जव बिरामी निको भएर जान्छन् एउटा डाक्टरको लागि त्यो भन्दा खुसी अर्को नहुने उनको धारणा छ । त्यहाँ नै ठुलो सन्तुष्टि मिल्ने उनको भनाई छ ।
मधुले चीनको अध्ययन सकेर आएपछि विवाह गरिन् । उनको अहिले एक छोरी छिन् । उनको श्रीमान पनि चिकित्सा क्षेत्रमा नै भएकाले उनलाई धेरै सहज र सरल छ । यद्यपी घरपरिवार,अस्पतालको व्यवस्थापनको व्यस्तता त छदैछ । परिवारमा एक–अर्कोले बुझेर समय मिलाएर सहयोग गर्ने वातावरण छ । श्रीमानको पुर्ण साथले उनमा थप हौसला छ । उनि भन्छिन्–एक महिलालाई श्रीमानको पुर्ण साथबिना परिवार सहज नचल्ने उनको धारणा छ । उनको विवाह भएको ९ बर्ष बित्यो ।

अब छोरी अघि बढ्न सक्छन्

मधु भन्छिन्–’नयाँ पुस्तालाई मेडिकल क्षेत्र सहज छ र छैन पनि ।’ठुलो संघर्ष,मेहनत र लगनशिलताबिना सफल डाक्टर बन्न नसकिने उनको धारणा छ । त्यसमाथी परिवारको त पुर्ण साथ र सहयोग अनिवार्य रहनुपर्ने उनको बुझाई छ । उनि भन्छिन्–’अहिलेको समयमा छोरी मान्छेलाई हरेक परिवारले पहिलो प्राथामिकतामा राखेको पाएको छु, छोरी मान्छेमा आफु बलियो हुनुपर्छ,पढ्नुपर्छ भन्ने धारणा मैले पाएको छु । बरु अहिले छोरा मान्छेहरु आफ्नो भविष्यको विषयमा त्यती गम्भिर भएर लागेको पाउदिन जति छोरी मान्छे आफ्नो भविष्यबारे सोचेका छन् । उनिहरु पढाई,कमाई विवाहको विषयमा आफ्नो निर्णय गर्न सक्ने भएका छन् । यो खुसीको कुरा हो ।’ उनि भन्छिन्– ‘विगतका दिनमा छोरीलाई परिवारले नपढाउने,चाँडै विवाह गरेर पठाईदिने प्रवृती थियो । तर अहिले समय फेरिएको छ । महिला–पुरुष समान हो भन्ने बुझाईको विकास भईरहेको छ ।’

जनकपुरमा बिरामीसंग रमाउन चाहन्छिन् मधु

डा मधु इन्डोक्राइनकै क्षेत्रमा सक्रिय भएर लागिरहने बताउछिन् । अहिले बिरामी हर्मोन र थाइराइडको समस्या लिएर आउने क्रम बढिरहेको उनको भनाई छ । उनिहरुको उपचारमा नै उनि खुसी छिन् । उनिहरुको उपचारमा नै उनि रमाउछिन् ।  डा मधु बिहान प्राय साढे ६ बजे उठ्छिन् । त्यस्तै जरुरी छ भने मात्र उनि चाँडै उठ्छिन । नित्य कर्ममा रमाउछिन् । छोरीलाई स्कुलको लागि तयार पार्छिन् । खाना खाएर उनि अस्पताल आउछिन् । कोभिढ भएदेखि अलि छोटो समय अस्पताल बसेको उनको भनाई छ । अस्पतालबाट आएपछि उनि छोरीसंगै खेल्छिन् । बेलुका किचनमा उनलाई छोरीले पनि सघाउछिन् । बेलुका प्राय ७ बजे खानाको समय हुन्छ । उनको दैनिकी घरको काम,छोरीको कियर,अस्पतालमा बिरामीको उपचारमा नै बितिरहेको छ । उनलाई भविष्यमा हर्मोन रोगको सेवा जनकपुरमा दिन मन छ । राजधानी भन्दा टाढा गएर सेवा दिन् उनले सोच बनाएकी हुन् ।

उनले चिकित्सा सेवामा एक दशक बिताइसकेकी छिन् । यो बीचमा उनले थुप्रै बिरामीको उपचार गरिन् । आफुकहाँ आउने सबै बिरामीको उपचार उनको लागि महत्वपुर्ण त हुन्छन नै अनलाइनकेन्द्रको सम्झना आउने कुनै घटनाको प्रश्नमा उनले भनिन्–’एकजना लामो समयदेखि बच्चा नभएर ,विभिन्न ठाँउमा धाउदा धाउदा निराश भएर एक महिला उनीकोमा आएकी थिईन् । उनलाई सम्झना छ ती महिलाको पाँचपटक भन्दा बढी मिसक्यारेज भएको थियो । धेरै पैसा खर्च उनले गरिसकेकी थिइन् । ९ बर्षअघि उनले ती महिलाको उपचार गरेको थिइन् । उपचार र औषधी सेवनपछि उनको एक छोरी हुँदा आफु खुसी भएको उनको सम्झना छ । अर्को घटना एक किशोरको उपचारपछि उसमा आएको परिवर्तन र सुधारले आफुलाई उत्तिकै खुसी मिलेको उनि बताउछिन् । ति बिरामी अहिले पनि भेट्न आउने र धन्यवाद दिने गरेको उनले सम्झिइन्।

थाइराइडको समस्या पछिल्लो समय बढ्दै गएको उनि बताउछिन् । थाइराइडबाट बच्न खानपान र व्यायाम गर्न उनि सुझाउछिन् । अहिले खानेकुरामा शुद्धता छैन् । अनावश्यक विषादी सेवनले यो समस्या आएको उनको भनाई छ । थाइराइडलाई निको गर्न सकिदैन् । उनि भन्छिन्–थाइराइडलाई निको गर्ने भन्दा पनि सन्तुलित बनाउन प्रयत्न गर्ने हो । यो ठिक हुन्छ/हुँदैन भन्नु नै गलत हो । उनि अहिले कोरोना महामारीको बेलामा सबै सजग हुन अपिल गर्छिन् । अनावश्यक भिडमा नजाने,दुरी कायम राख्ने,मास्क लगाउने गरेमा कोरोनाबाट धेरै बच्न सकिने उनको भनाई छ ।

प्रस्तुती: राज ढुंगाना

 

 

संम्बन्धित समचार

Leave a Reply