परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमण जाँदै, यस्ता छन् मुख्य एजेन्डाहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २८, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २८, काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ । नेपाल र भारतको छैटौं संयुक्त आयोगको बैठकमा यसअघि विगतमा सम्झौता भएका विकास परियोजना, ऊर्जा, रेललगायतका विषयमा छलफल हुने कार्यसूची तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । १ माघमा हुने भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस।जयशंकरसहितको अधिकारीसँग छैटौं संयुक्त आयोगको बैठक हुनेछ ।

पहिलो दिनको बैठकमा नेपालका तर्फबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमाको विषय परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा उठाउनेछन् । ती भूभागलाई समेटेर नेपालले नक्सा जारी गरे पनि अझै पनि सो क्षेत्र भारतको अधीनमै छ । संयुक्त आयोग बैठकसँग आपसी सम्बन्धका सबै पक्षमा छलफल गर्दै सम्बन्धित निकायलाई निर्देशन गर्ने अधिकारसमेत छ । यसकारण नेपालले हाल देखिएको सीमा विवादको समस्यालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस