आजको मौसम कस्तो रहला ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष २८, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २८, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । मंगलबार जारी पूर्वानुमानका अनुसार आज देशभर कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ ।

यसैगरी, मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस