संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, आगामी सुनुवाई शुक्रबार हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २९, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथिको बुधबार सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरु सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । तर, बुधबार नसकिएकाले सुनुवाइ शुक्रबारका लागि सरेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

बुधबारको इजलासमा सो मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्ने विषयमा बहस भएको छ । रिट निवेदकहरुले पूर्ण इजलासमा पठाउन माग गरेका छन् । तर, यसबारे सरकारी पक्षको धारणा माग्दा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले वृहत पूर्ण इजलासमा पठाउन असहमति जनाएका छन् । पूर्ण इजलासमा सुनुवाइ गर्ने नगर्नेबारे प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको जिज्ञासामा महान्यायाधीवक्ता खरेलले भने, ‘सहमति छैन।’ सरकारी पक्षले संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्नेमा जोड दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस