परराष्ट्रमन्‍त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली पुगेका छन् । नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली दिल्ली पुगेका हुन् ।

नयाँ राजनीतिक घटनाक्रमपछि हुन लागेको परराष्ट्रमन्‍त्रीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । नक्सा प्रकरणपछि चिसिएको सम्बन्धलाई सुधार गर्न यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रमबाहेक दिल्लीमा रहँदा परराष्ट्रमन्‍त्री ज्ञवालीले उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस