काठमाण्डौ । चर्चित गायक अमृत सापकोटाको वनमा तरुल बोलको गीत आज सार्वजनिक भएको छ । माघे संक्रान्तीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा अमृत सापकोटा र कमला घिमिरेको स्वर रहेको छ । खेम सेन्चुरीको संगीत रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ । गीतको भिडियोमा गौरव पहाडी र रियासा दाहालको अभिनय रहेको छ भने निर्देशन सुनिल क्षेत्रीको रहेको छ । अमृत सापकोटाको आफ्नै यूटुव च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।