आज नेपाल–भारत संयुुक्त आयोगको बैठक बस्दै,सीमाबारे छलफल गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुुरा फिर्ता पाउनुपर्ने विषय नेपाल–भारत संयुुक्त आयोगको बैठकमा राख्ने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुुक्रबार हुने बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे कुरा उठाउन लागेका हुन् । उक्त बैठकमा भाग लिन मन्त्री ज्ञवाली परराष्ट्रसचिव भरतराज पौडेलसहितको टोलीको नेतृत्व गर्दै बिहीबार दिल्ली पुुगेका छन् ।

सुगौली सन्धिअनुसार नेपालको भएर पनि भारतले प्रयोग गर्दै आएका उक्त भूमि नेपालले नक्सामा सामेल गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ । त्यसलाई पूर्ववत् सौहार्द बनाउने सिलसिलामा कूटनीतिक बैठक सुरु भएका छन्। त्यही क्रममा शुक्रबार हुने बैठकमा नेपालले पहिलो पटक कालापानी, लिम्पियाधुुरा र लिपुुलेकबारे भारतीय पक्षसँग छलफल गर्दै छ । मन्त्री ज्ञवालीले बुधबार अन्नपूर्ण पोस्ट्लाई दिएको अन्तर्वार्तामा यसबारे जानकारी दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस