आजको मौसम : हिमापतसहित केही स्थानमा पानी पर्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौ । प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भूभागहरूमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक देशका बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदली रहने देखिन्छ । अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस