सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा ! पुनर्गठित नाम ‘नेकपा माओवादी केन्द्र’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २, काठमाण्डौ । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । पुनर्गठित नेकपा माओवादी केन्द्र घोषणा भएको छ । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी गणतान्त्रिक, नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, नेकपा माक्र्सवादी, पुर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चाबीच पार्टीगत एकता भएको हो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस