नागरिक एपका विशेषताहरु केके छन् ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २, काठमाण्डौ ।  नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै सरकारले शुक्रबार ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् ।

यस्ता छन् एपका विशेषता

  • नागरिकले ‘नागरिक एप’बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने
  • सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने
  • नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने
  • नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने
  • हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था
  • त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ ।
  • यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिनेछ ।नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि Android मोबाइल प्रयोगकर्ताले Play Store र iPhone प्रयोगकर्ताले Nagarik App (Beta) डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदातावा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस