इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आज कति पर्यो आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ २, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २,काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार पहिलो दिन नै कुल २ लाख ८५ हजार ३१८ जना लगानीकर्ताले ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । यसआधारमा, सर्वसाधारणलाई खुला गरेकोमध्ये ४८.८७ प्रतिशत आइपीओ पहिलो दिनमै बिक्री भएको छ ।

कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५५ ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस