चिनियाँ राजदूत यान्छी र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच गोप्य भेटवार्ता !

माघ ३, काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले मर्यादा क्रम मिच्दै फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । हिजो साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् । भेटमा नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको बुझिएको छ ।

साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ बजेपछी मात्र निस्किइन् । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता ह्वात्तै बढेको देखिन्छ जसले चिनियाँ हस्तक्षेप ठाडै भएको भान हुन थालेको छ । संसद पुनःस्थापना भए नेकपा मिल्ने सम्भावना भएको निर्क्यौल निकाल्दै सोही अनुसार चिनियाँ रणनीति बनेको बुझिएको छ ।

संम्बन्धित समचार

Leave a Reply