‘प्रधानमन्त्रीको नाम केपी ओली होईन,कीर्ते प्रसाद ओली राख्नुपर्छ’ : नेता गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ३, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेको बताए । ‘केपी ओलीको नाम पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’, थापाले भने । उनले राष्ट्रपति भण्डारीले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गरेको आरोप लगाए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस