देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ : प्रभु साह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । केपी ओली समूहका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डबाट कम्युनिस्ट आन्दोलन र मुलुको समृद्धिमा बाधा खडा भएको दावी गरेका छन् । प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा फसेको छ । कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा पालाएका बेला केही नेताको व्यक्तिगत महत्वकांक्षाले अहिलेको अवस्था आएको उनको भनाइ छ ।

सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत अध्यक्ष हत्याउने काम मात्र भएन । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अस्थिरता पैदा गराउने प्रयास भयो । यस्ता हर्कतले अहिलेको अवस्था सिर्जना भएको हो ।ु

ताजा अपडेट

खोजी गर्नुहोस