मृत भनिएको बच्चा जीवित भेटिएपछि अस्पतालमा तोडफोड !

Post Thumbnail

असोज ६,सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ ।

रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । लडेर बेहोस भएको परिवारको भनाइ थियो । चिकित्सकले भने बच्चाको मृत्यु भइसकको भन्दै पोष्टमार्टममा पठाएका थिए ।

तर, शनिबार विहान बच्चाले आँखा खोलेको र र्‍याल निकालिरहेको देखेको भन्दै अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षको झ्यालका सिसाहरु फुटेको छ भने अन्य उपकरणहरुमा क्षति पुगेको छ ।

उनीहरुले बच्चालाई रेडक्रसको एम्बुलेन्समा राखेर सिरहाको चोहर्बास्थित नेपाली सेनाकोसर्पदंश उपचार केन्द्रमा पुर्‍याए । तर, त्यहाँ पनि मृत घोषणा गरेका छन् । ‘हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले भने, ‘पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दा बच्चा मृत्यु भइसकेको थियो ।’

उनले बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै पोष्टमार्टम गराइदिन प्रहरीमा जाहेरी दिएपछि पोष्टमार्टम कक्षमा लगिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस