कोरोनाबाट विदेशमा थप २ जना नेपालीको मृत्यु, मृतक संख्या ३ सय १९ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । कोरोनाभाइरस कोभिड–१९ को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस