संसद विघटन सम्बन्धि मुुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४, काठमाण्डौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ । अब सोमबार फेरि सुनुवाइ हुनेछ । आइतबारको बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी हुनुभको थियो ।

सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबारदेखि फेरि सुनुवाइ सुरु भएको हो । बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस