इंग्लीश प्रिमियर लिग फुटबल : म्यानचेस्टर युनाईटेड र लिभरपुलले खेले गोलरहित बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ५, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शिर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ ।

१८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्त्रको आधारमा तेस्रो स्थानमा झरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस