नेपालमा पनि तीनजनामा कोरोनाको नयाँ भाइरस देखियो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ५, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाण्डौ । बेलायत र अफ्रिकी मुलुकहरूमा देखिएको कोरोना भइरसको नयाँ संस्करण नेपालमा पनि तीनजनामा देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बेलायतबाट फर्किएका नागरिकका ६ वटा नमुनामध्ये तीनजनामा नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो ।

विज्ञप्तिअनुसार बेलायतमा देखिएको नयाँ भाइरस बी११७ नै नेपालमा पनि देखिएको हो । बेलायतबाट फर्किएका नागरिकहरूबाट संकलन गरिएको नमुना परीक्षण गर्दा एस जिन टार्गेट नेगेटिभ देखिएपछि नयाँ प्रजातिको भाइरस पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा २७ पुसमा मन्त्रालयले नमुना हङकङ पठाएको थियो । नमुना परीक्षणपछि इमेलमार्फत राष्ट्रिय जनस्वास्थ्य कार्यालयलाई पठाएको नतिजामा तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस