प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी : जोगिएर बस्नु,कडा छु,भित्तामै पुर्‍याइदिन्छु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ६, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ६, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोगिएर बस्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । काठमाडौंको नेपाल प्रज्ञा भवनमा आफू पक्षधरको प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो चेतावनी दिएका हुन् । उनले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा गरेका हुन् । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीमा संसद विघटन गरी महाराजाको ह्वास्स गन्ध आएको दाबीसमेत गरे ।

प्रचण्डले आफूले बोलेको कुराको अपव्याख्या भएकोमा चिन्तासमेत जनाए । उनले आफूले गर्जिनुपर्ने भनी दिएको अभिव्यक्ति हिंसाको नभएको दाबी गरे । देश तानाशाहीतर्फ धकेलिने प्रयासको जुनसुकै हालतमा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले यो बेलाको बोली हतियारको बोली नभएको तर्क गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस