वाग्मती प्रदेशमा आजबाट हिउँदे अधिवेशन सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ७, काठमाण्डौ । वाग्मती प्रदेशमा आजबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागिएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र अरु केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे पनि त्यसो नहुने भएको छ । अविस्वासको प्रस्तावबारेको मत विभाजनका लागि समितिको बैठकले कार्यविधि बनाउने अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

यसअघि मुख्यमन्मत्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ११० सांसद रहेको बाग्मती प्रदेशमा पौडेललाई सरकार बचाउन २० सांसद आवश्यक पर्नेछ । २२ सांसद रहेको नेपाली कांग्रेसले समर्थन गरेमा पौडेलको मुख्यमन्त्री पद जोगिने देखिएको छ ।

यस्तै प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ । प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधना राईलाई संसदीय दलको नेताबाट हटाएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएाके छ भने ओली समूहले १६ जना सांसदलाई निलम्बन गरेको घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस