चन्द्रागिरी हिल्सको आइपीओ भोली कति बजे हुँदैछ बाँडफाँट ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८,काठमाडौँ । चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार (माघ ९ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (माघ ७ गते) नै सम्पन्न भइसकेको छ ।

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६३१ वटा आवेदन रद्ध भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस