सातै प्रदेशमा कोरोना खोप लगिँदै,पहिलो प्राथमिकतामा २ लाख २५ हजार स्वास्थ्यकर्मी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ११, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ ११,काठमाडौ । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप सरकारले आजबाट क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुने बताइएको छ । साथै खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या २ लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् । केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खोप शनिबार नै क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्न तीनवटा गाडी तयार गरिसकेको थियो । तर, मन्त्रालयले स्वीकृति दिइनसकेका कारण जान पाएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस