समस्या समाधानतिर नलागे सिंगो पद्धति नै दुर्घटनामा पर्ने गगनको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ८, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ८,पाल्पा । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि वर्तमान सरकारले तत्परता नदेखाएको आरोप लगाएका छन ।

संघीयताको कार्यान्वयन पेचिलो बनेको, प्रदेश सरकारका मुख्यमन्त्रीहरुले एक ठाउँमा उभिएर सरकारसँग प्रश्न गरेको प्रसंग उठाउँदै नेता थापाले तत्काल समस्या समाधानतिर नलागे सिंगो पद्धति नै दुर्घटनामा पर्ने चेतावनी दिए ।

नेपाल प्रेस युनियन पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमै रहेका प्रदेश सांसदले चितवनमा प्रदेश सभा विघटन गरे हुन्छ भन्ने भाषण गरेको भन्दै संघिय सभा सदस्य समेत रहेका नेता थापाले अहिले देखिन थालेका असन्तुष्टिलाई सम्बोधन गर्न पनि कांग्रेस सहयोगीको भूमिका खेल्न तयार रहेको बताउनुभयो । वित्तीय आयोग बनाउन, कानुन संशोधन लागि काग्रेस तयार रहेको उनको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस