नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो !

Post Thumbnail

माघ ११, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित भइ मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । आज कोभिड १९ संक्रमणबाट थप ७ जनाको मृत्यु भएसँगै देशभर मृतकको संख्या २ हजार १ पुगेको हो । जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । जेठ २ गते सरकारले सदनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

पछिल्लो समय संक्रमितको संख्या घट्दै गएपनि केही हप्तायता दैनिक ५ भन्दा बढी मानिसको संक्रमणका कारण मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। हाल देशभर ३ हजार ३१२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । एक वर्षमा देशभर २ लाख ६९ हजार ४५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस