नेकपाको प्रचण्ड-माधव समुहद्धारा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १२, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाण्डौ । नेकपा प्रचण्ड माधव समूहले सरकारविरुद्ध थप संघर्षका कार्यक्रम ल्याउने भएको छ । आज पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै सडकमा ओर्लेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले विभिन्न चरणको आन्दोलन गरिसकेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई मुख्य मुद्दा बनाए पनि नेताहरुबीच गालीगलौच जारी छ । पार्टीमा गरिएको आधिकारिकताको दाबीलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन भने विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाई जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस